Friday, September 17, 2021
गृहपृठ अन्तर्राष्ट्रिय भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

काठमाडौं – नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ ।

हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

 

हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो । रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो ।

निजी क्षेत्रको रेलले सेवा दिन पाउने गरी भएको सम्झौताको २ महिना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...