Friday, September 17, 2021
गृहपृठ अन्य गुलरियामा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु, स्थानीयद्वारा चक्काजाम

गुलरियामा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु, स्थानीयद्वारा चक्काजाम

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ गुलरियामा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । बुधबार बिहान अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा सवार स्थानिय कृष्ण बहादुर ऐरलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट घाईते भएका ऐरलाई सेती अस्पतालमा लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ । ऐरलाई साइकलमा दुध लग्दै गर्दा एम्बुलेन्सले ठक्कर दिएको थियो ।

ठक्कर दिने एम्बुलेन्स रेडक्रम उपशाखा बाँस्खेडा ऐरीको रहेको प्रहरीले जनाएको छ । उक्त एम्बुलेन्स र चालक ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको जनाएको छ ।

एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि गुलरिया बजारमा चक्काजाम गरिएको छ । दुर्घटनापछि आक्रोशित स्थानियले सडकमा टायर बालेर चक्काजाम गरेका हुन ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...