Friday, September 17, 2021
गृहपृठ अन्य गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउछौ : सुदूरपश्चिम प्रदेश ईन्चार्ज भट्ट

गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउछौ : सुदूरपश्चिम प्रदेश ईन्चार्ज भट्ट

twitter sharing button
messenger sharing button
sharethis sharing buttonधनगढी,  नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा पूर्व मन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालन गर्ने बताएका छन् । गेटा मेडिकल कलेजका विषयमा आयोजित छलफलमा उनले मेडिकल कलेजलाई जसरी पनि सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

गेटा मेडिकल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठान, कलेज अथवा विश्व विद्यालय जे बने पनि तर सञ्चालनमा आउनुपर्ने उनको भनाई थियो । गेटा मेडिकल कलेजले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने पूर्व मन्त्री भट्टको भनाइ छ । सञ्चालनका लागि केही काम भइसकेको र केही हुन बाँकी रहेको उनले बताए ।

यस्तै पूर्व मन्त्री भट्टले सुख्खा बन्दरगाह बन्न नदिने खेल सुरु भएको दाबी गरेका छन् । “केही राजनीतिक व्यक्तिहरूले सुख्खा बन्दरगाह बन्न नदिन केन्द्रमा बाधा फु¥याउदै छन्,” उनले भने, “विकासका नाममा राजनीति गर्नु ठिक होइन ।” प्रदेशकै मात्र नभई देशकै मुहार फेर्ने गरी बन्न लागेको यो आयोजनामा कोही कसैबाट विरोध हुन नहुने उनले बताए ।

कुनै पनि विकास गर्दा पार्टी नभेर काम गर्नु पर्ने बताए । भारतसँग व्यापार गर्नका लागि मुलुककै सबैभन्दा महत्त्वपूर्ण नाका दोधाराचादनी नै बन्नेछ । यहाँबाट सामान ल्याउन लागतमा पनि कमी आउँछ । पूर्व मन्त्री भट्टलेसुख्खा बन्दरगाह बनेमा प्रदेशको आर्थिक तथा सामाजिक विकास हुने विश्वास व्यक्त गरे । उनले विकासको लागि सबै भन्दा महत्त्वपूर्ण कुरा हामी एक ठाउँमा उभिनु नै भएको बताए ।

हामी जुन सुकै दलका भए पनि सबै भन्दा पहिले सुदूरपश्चिमको विकासका लागि सोच्ने उनले बताए । बन्दरगाह बनेमा यहाँका मानिसहरूको आयस्ता वृद्धि हुनका साथै रोजगारीको पनि सृजना हुने उनको भनाइ छ । उनले पश्चिमा मुलुकहरूसँग व्यापार व्यवसाय विस्तारका लागि सुख्खा बन्दरगाहले ठूलो योगदान पुराउने बताए ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...