Friday, September 17, 2021
गृहपृठ प्रदेश खुल्यो अवरुद्ध पूर्वपश्चिम राजमार्ग

खुल्यो अवरुद्ध पूर्वपश्चिम राजमार्ग

कैलाली – पूर्वपश्चिम राजमार्गअन्तर्गत अवरुद्ध पारिएको कञ्चनपुर सडक खण्ड खुलेको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको थियो।

स्थानीयले कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए। अवरुद्ध पार्ने पक्षसँग छलफल गरेर सहमति गर्ने भएपछि बन्द गरिएको पूर्वपश्चिम राजमार्ग सुचारु गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले मृतकका आफन्त र रेडक्रसकर्मीबीच छलफल जारी रहेको बताउदै राजमार्ग सुचारु भएको जानकारी दिए।

एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाको रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...

“एमसीसी”यस कारण राष्ट्रघाती छ : बाेहरा

दीपक बोहरा , अहिलेको समयमा अन्य राष्ट्रहरूसँग असल सम्बन्ध र सहकार्य नगरी कुनै पनि देश अगाडी बढ्न सक्दैन । हरेक राष्ट्रहरूबिच पारस्परिक हित र...