Friday, September 17, 2021
गृहपृठ राजनीति प्रतिपक्षको अवरोधले बजेट पारित नभएको भ्रम छरियो - एमाले

प्रतिपक्षको अवरोधले बजेट पारित नभएको भ्रम छरियो – एमाले

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोधको कारणले बजेट समयमा पारित नभएको भ्रम सिर्जना गरिएको बताएको छ । महासचिव ईश्वर पोखरेलले बुधबार प्रेस वक्तव्य जारी गर्दै बजेट सरकारकै प्राथमिकतामा नरहेको उल्लेख गरेका छन् ।

‘यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिररहेको छ । जबकि प्रतिनिधिसभाको बैठक शुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन,’ वक्तव्यमा भनिएको छ ।

 

३० भदौभित्रै बजेट पारित गर्नुपर्ने बिर्सेर संसद बैठक ४ असोजमा सारिएको भन्दै एमालेले आपत्ति जनाएको छ । ‘आफूलाई इच्छा लागेको विजनेस स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं हाउस असोज ४ गते किन सारियो रु’ वक्तव्यमा उल्लेख छ ।

सरकार र सभामुखका कारण नै प्रतिनिधिसभा बैठक अवरोध गर्नुपरेको एमालेको भनाइ छ । ‘सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानूनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको छ,’ पोखरेलद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

गत २३ भदौदेखि एमालेले प्रतिनिधिसभा अवरोध गर्दै आएको छ । २५ भदौमा बजेट अध्यादेश विधेयक पेश भए पनि बजेट भने पारित हुन सकेको छैन । बजेट पारित नभएपछि राज्यकोष सरकारले खर्च गर्न नपाउने स्थिति आएको छ ।

ताजा समाचार

सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३...

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाइयो

    कैलाली – नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।...

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

      काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको...

लिग २ : नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट...