Wednesday, October 20, 2021
गृहपृठअन्यसुदूरपश्चिमका ३ जना बरिष्ठ पत्रकार सहित अत्तरियाका पुराना पत्रकारहरु सम्मानित

सुदूरपश्चिमका ३ जना बरिष्ठ पत्रकार सहित अत्तरियाका पुराना पत्रकारहरु सम्मानित

अत्तरिया – सुदूरपश्चिमका ३ जना बरिष्ठ पत्रकार सहित अत्तरियाका पुराना पत्रकारहरुलाई सम्मानित भएका छन् ।

कैलालीको अत्तरियामा रहेको गोदावरी पत्रकार मञ्चले आफ्नो प्रथम अधिवेशनमा सुदूरपश्चिम प्रदेशमा दशकौदेखी पत्रकारिता गर्दै आएका ३ जना बरिष्ठ पत्रकार र अत्तरियामा लामो समयदेखी पत्रकारिता गरेका पुराना पत्रकारहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा कैलालीमा बसेर झण्डै ३ दशकदेखी पत्रकारिता गरिरहेका बरिष्ठ पत्रकार मनमोहन स्वाँर , २ दशक देखी पत्रकारिता गरिरहेका बिबिसीमा कार्यरत उमिद बागचन्द र २ दशकदेखी पत्रकारिता गरिरहेका नागरिक राष्ट्रिय दैनिकमा कार्यरत दिल बहादुर छत्याल रहेका छन् ।

यस्तै अत्तरियामा लामो समयदेखी पत्रकारिता गर्दै पत्रकारिताको जग बसाल्न सफल पत्रकारहरु पिआर चटौत , कैलाश कुमार जोशी , गोविन्द रोस्यारा , लक्ष्मण गौतम , प्रेम साउँद , तिर्थराज ओझा , रमेश भट्टराई , गोपाल सुवेदी र चित्रा नौन्याल सम्मानित भएका हुन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिं साउँदले सम्मान पत्र सहित सम्मानित गरेका थिए ।

गोदावरी पत्रकार मञ्चले आफ्नो पहिलो अधिबेशनमा समग्र सुदूरपश्चिमको पत्रकारिता बिकासमा पुञ्याएको योगदानको कदर गर्दै प्रदेशका ३ जना बरिष्ठ पत्रकार र अत्तरिया क्षेत्रमा लामो समय पत्रकारिता गरेर यहाँका हरेक समस्याहरुको उजागर गर्दै सम्बन्धित निकाय समक्ष पुञ्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै अत्तरियाका पुराना पत्रकारहरुलाई सम्मान गरेको हो ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार