Wednesday, October 20, 2021
गृहपृठअन्यकैलालीकाे गोदावरीमा माेटरसाईकल दुर्घटना हुदा एक युवकको मृत्यु

कैलालीकाे गोदावरीमा माेटरसाईकल दुर्घटना हुदा एक युवकको मृत्यु

अत्तरिया – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा गोदावरीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिकाको वडा नम्बर २ घर भएका ३० वर्षीय टेक बहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा परी घाइते भएका बोहराको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै मोटरसाइकल पछाडि सवार रहेका गोदावरी नगरपालिका वडा नम्बर २ कै रामबहादुर पाल घाइते छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

अत्तरिया धनगढी ६ लेन सडक अन्तर्गत धनगढी ३ चटकपुरमा पार्किङ गरी राखेको ना ४ ख ३४२५ नम्बर ट्रकसँग से ४ प ८७३ नम्बरको मोटरसाइकल ठोक्किएको हो । ट्रक चालक २८ वर्षीय दीपक भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार