Wednesday, October 20, 2021
गृहपृठस्वास्थ्यचीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

चीनबाट एकै दिन आइपुग्यो थप ४४ लाख डोज खोप

 

 

 

काठमडौं सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो ।

 

खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाले भने, ‘यस अघि ल्याइएका खोपको एक भाइलमा दुई डोज खोप हुन्थ्यो । तर यो पटक एक भाइलमा ५ डोज खोप छन् । त्यसैले एउटै फ्लाइटमा एकै पटक ४४ लाख खोप ल्याउन सम्भव भएको हो ।’

Facebook Notice for EU!
You need to login to view and post FB Comments!

ताजा समाचार