Sunday, December 5, 2021
गृहपृठअन्यकाठमाडौंलाई भैरहवाले दियो १८९ रनको लक्ष्य

काठमाडौंलाई भैरहवाले दियो १८९ रनको लक्ष्य

काठमाडौं, बजाज एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत एलिमिनेटरमा भैरहवा ग्लाडिएटर्सले काठमाडौं किंग्स ११ लाई १८९ रनको लक्ष्य दिएको छ ।

टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा८ विकेट गुमाएर १८८ रन बनाएको हो । भैरहवाका लागि कप्तान शरद भेषावकरले २० बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए । छिटो अर्धशतक नजिक पुगेका बला शरद लामाे सट खेल्ने चक्करमा अन्तिम ओभरमा सन्दीपको बलमा अमर राउटेलबाट क्याचआउट भए ।

शरदले पाँचौ विकेटका लागि कुशल मल्लसंग ६१ रनको साझेदारी गरे । यस्तै प्रदिप ऐरीले ३९, उपुल थरंगाले ३५ र कुशल मल्लले ३२ रन बनाए । आरिफ शेखले १५ रन जोडे । सन्दीप लामिछानेले बलिङ गरेकाे अन्तिम ओभरमा ३ विकेट गुमाएर जम्मा ३ रन जोडेको थियो ।

काठमाडौंका लागि बलिङमा कप्तान सन्दीप लामिछाने र अशन प्रिएनजनले २ तथा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १-१ विकेट लिए ।

ताजा समाचार