Sunday, December 5, 2021
गृहपृठअन्यसुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आकस्मिक बैठक बोलाएका छन्। आइतबारदेखि परेको अविरल वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा जनधनको क्षति भएपछि मुख्यमन्त्री भट्टले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

अविरल वर्षाका कारण प्रदेशमा विभिन्न ठाउँमा क्षति पुगेकाकाले आकस्मिक बैठक बस्न लागेको प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन्। बैठकमा वर्षाले पुगाएको क्षति, राहत र उद्धारको विषयमा छलफल हुने बताइएको छ।

ताजा समाचार