Sunday, December 5, 2021
गृहपृठअन्यराज्यमन्त्री चौधरीद्वारा समैजी ज्ञान महायज्ञको उद्घाटन

राज्यमन्त्री चौधरीद्वारा समैजी ज्ञान महायज्ञको उद्घाटन

धनगढी, कैलालीको धन्चौरीमा हुन लागेको समैजी ज्ञान महायज्ञको उद्धघाटन भौतिक पूर्वाधार विकास तथा राज्यमन्त्री चुनकुमारी चौधरीले गरेकी छन ।समैजी आधारभूत विद्यालय व्यवस्थापन समितिको आयोजनामा हुन लागेको महायज्ञको एक कार्यक्रमबिच मन्त्री चौधरीले उद्घाटन गरेकी हुन ।

गोदावरी नगरपालिका वडा नम्बर ९ धन्चौरी स्थित समैजी आधारभूत विद्यालयमा हुने उक्त महायज्ञ कार्तिक ३ गतेदेखि ९ गते सम्म सञ्चालन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समैजी ज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक रघुनाथ जोशीले बताएका छन् । धर्म संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्य सहित महायज्ञको आयोजन गरेको प्रचार प्रसार समिति संयोजक मदन बहादुर कठायतले बताए । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस विद्यालयमा घेरवार वा नयाँ पक्की भवन निर्माण गर्ने प्रतिबद्धता गरेको उनले बताए।
त्यस्तै कार्यक्रममा नेकपा माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा समैजी ज्ञान महायज्ञ मूल आयोजक समितिका उप–संयोजक उद्धव भट्टराई सहित विभिन्न दलका नेता कार्यकर्ता र स्थानीय बासीको उपस्थिति रहेको थियो ।

महायज्ञमा अच्युत सरण महारज गोविन्द प्रसाद (योग गुरु) र नेपाल सम्राट् अत्रि लगायत स्थानीय भजन मण्डलीको समेत सहभागिता रहने कठायतले बताएका थिए ।

 

ताजा समाचार