Monday, December 6, 2021
गृहपृठअन्यकृष्णपुर- २ गड्बिजुला ईको पार्क निर्माण योजनाको नगर-प्रमुख हमालद्धारा शिलन्यास

कृष्णपुर- २ गड्बिजुला ईको पार्क निर्माण योजनाको नगर-प्रमुख हमालद्धारा शिलन्यास

अत्तरिया ,कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा रहेको गड्बिजुला सामुदायिक बन परिसदमा गड्बिजुला ईको पार्क निर्माण योजना हुने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पुर्वाधार तथा उपज विकास साझेदारी कार्यक्रम अन्तरगत उक्त पार्क निर्माण हुन लागेको हो । आज एक औपचारिक कार्यक्रमका बिच कृष्णपुर नगरपालिका नगरप्रमुख कर्ण बहादुर हमालले उक्त ईको पार्क शिलन्यास गरेका थिए । शिलन्यास कार्यक्रमै बोल्दै नगरप्रमुख हमालले यस क्षेत्रको पर्यटन बिकासका निमित पर्यटकिय गन्तव्य स्थलको रुपमा अगाढी बढाई रहेको बताएका छन् ।

यस पार्कले यस क्षेत्रको आर्थिक विकासमा महत्त्वपुर्ण टेवा पग्ने छ । कृष्णपुर नगरपालिकाले पर्यटकिय क्षेत्रहरुलाई पहिलो प्राथमिकताको क्षेत्रमा राखिएको बताउदै, नेपालको सांस्कृतिक विविधता अनुपम रहेकोले यसलाई संरक्षण, विकास र प्रबर्द्धन गर्दै यस क्षेत्रको आर्थिक उपयोग एवम् पर्यटनको मुख्य उत्पादन र गन्तव्यको रुपमा विकास गर्न आवश्यक भएको समेत उनले बताएका थिए ।,

अतिरिक्त बाह्य र आन्तरिक रुपमा पहुँच हामीहरुले बिकास गर्नु जरुरी रहेको बताए । यस क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुलाई एकीकृत रुपमा अगाडि बढाउन नगरपालिकाले कार्ययोजना बनाएको र यही पर्यटकिय क्षेत्रमा भौतिक निर्माणका कामहरु पनि संचालनमा रहेको समेत नगर प्रमुख हमालले बताएका छ ।

३८हजार ८११.५२ वर्ग मिटर क्षेत्रफलमा यो ईको पार्क निर्माण हुने भएको छ । यो ईको पार्क निर्माणमा डि.पि.आर अनुसार १२ करोड ४२ लाख ६५ हजार १९३.०६ रकम सम्पन्न हुने देखिएको छ । हाल यो ईको पार्क निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पुर्वाधार तथा उपज विकास साझेदारी कार्यक्रमले २ करोड ४० लाख बिनियोजन र कृष्णपुर नगरपालिकाले १ करोड २८ लाख बिनियोजन रकमबाट उक्त पार्क निर्माण हुने छ । यस पार्कको निर्माण जोशी अमृत जे.भी. बेदकोटले गर्ने छ । १८ महिनामा पहिलो चरण काम सम्पन्न गर्नु पर्ने छ ।

ताजा समाचार