Sunday, December 5, 2021
गृहपृठअन्तर्राष्ट्रियन्यूजिल्यान्डले यू-१९ विश्वकप नखेल्ने

न्यूजिल्यान्डले यू-१९ विश्वकप नखेल्ने

काठमाडौं : न्युजिल्यान्डले आगामी जनवरी-फेब्रुअरीमा वेस्टइन्डिजमा हुने यू-१९ विश्वकप नखेल्ने जनाएको छ। कोभिड मापदण्ड अत्याधिक कडा बनाइएको भन्दै युवा खेलाडीका लागि त्यो पालना गर्न मुस्किल हुने भन्दै प्रतियोगिता नखेल्ने जनाएको हो।

प्रतियोगिताबाट घर फर्कने समयमा खेलाडीहरुलाई लागि अनिवार्य क्वारेनटाइन मापदण्ड निकै कडा रहेकाले नाम फिर्ता लिएको आइसिसीले जनाएको छ। क्‍वारेन्टाइनले खेलाडीहरुलाई असर गर्ने भन्दै न्युजिल्यान्डले यो निर्णय लिएको हो। समूह डी मा रहेको न्युजिल्यान्डले नाम फिर्ता लिएपछि उसको स्थानमा स्कटल्यान्डमा मौका पाएको छ।

वेस्टइन्डिजमा पहिलो पटक यू-१९ विश्वकप हुँदैछ। प्रतियोगिता १४ जनवरी देखि  ५ फेब्रुअरीसम्म चल्ने छ। १६ टिमबाट कुल ४८ म्याच हुनेछन्। १६ टोलीलाई ४ समूहमा बाँडेर प्रतियोगिता खेलाइने छ। प्रतियोगिता वेस्टइन्डिजको १० मैदानमा हुने छ। हरेक समूह शीर्ष दुई टोली क्वाटरफाइनल खेल्न पाउनेछन्।

कोरोना महामारीको कारण छनोट खेल हुन नसक्दा नेपाल भने प्रतियोगिता पुग्ने अवसरबाट बञ्चित भयो। गत संस्करणको उपाधि भारतलाई हराउँदै बंगलादेशको यू-१९ टोलीले जितेको थियो। बंगलादेशका लागि यो विश्वकप इतिहासकै पहिलो ट्राफिक रुपमा रह्यो। एजेन्सी

ताजा समाचार