Sunday, December 5, 2021
गृहपृठअन्यडडेल्धुरा काँग्रेसको जिल्ला भापतिमा साउँद र ठकुराठीको उम्मेदवारी

डडेल्धुरा काँग्रेसको जिल्ला भापतिमा साउँद र ठकुराठीको उम्मेदवारी

धनगढी , प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको सातौँं जिल्ला अधिवेशन सुरु भएको छ। काँग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक गोविन्दराज बोहराले अधिवेशन उद्धघाटन गरेका हुन्। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुनेछ। जिल्ला सभापतिका लागि परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद र नेता चुडामणी ठकुराठीले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार मनोनयन दर्ताको समय सकिएको छ भने अहिले नामावली प्रकाशन भइरहेको छ। आजै नयाँ नेतृत्व चयनका लागि मतदान हुने बमले बताए। वर्तमान सभापति कर्ण मल्ल समूह भने अधिवेशनमा सहभागी छैन। एकलौटी रुपमा वडा अधिवेशन भएको भन्दै मल्ल पक्षले फेरि हुनुपर्ने माग राख्दै आएको छ। उनीहरु मंसिर १ गतेदेखि सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा रिले अनशनमा छन्।

ताजा समाचार