Sunday, December 5, 2021
गृहपृठअन्यधनगढीका आगलागी पीडित चटौतलाई हमालद्वारा २५ हजार सहयोग

धनगढीका आगलागी पीडित चटौतलाई हमालद्वारा २५ हजार सहयोग

धनगढी: धनगढीको बिएमबी सप्लायर्समा मंसिर १ गते आगलागी हुँदा करोड बढीको क्षति भएपछि सहयोगका लागि अपील गरिएको छ। १६ वर्ष पाण्डे स्टोरमा काम गरेर आाफ्नै व्यवसाय थालेका बिएमबी सप्लायर्सका सञचालक विष्णुप्रसाद चटौतलाई सहयोग गर्न अपील गरिएको हो।

यस्तै सुन्दर सुदूरपश्चिमका अभियान्ता एवंम कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमालले चटौतलाई २५ हजार सहयोग गरेका छन्। ‘आगलागी भएको व्यवसायको बिमासमेत नरहेको जानकारीमा आएको छ,’ हमालले भने, ‘बिमा नै नभएपछि क्षतिपूर्तिको लागि उनीसंग कुनै आधार नरहेकोले २५ हजार सहयोग गरेको छु। सबै व्यवसायी साथीहरुलाई कैलाली उद्योग वाणिज्य संघको पूर्व अध्यक्षको नाताले सहयोगको लागी अपील गर्दछु।’ बिएमबी सप्लायर्समा आगलागी हुँदा करोड बढीको क्षति भएको थियो।

ताजा समाचार