Sunday, December 5, 2021
गृहपृठअन्यसर्वोच्चको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल भएको छ: माधव नेपाल

सर्वोच्चको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल भएको छ: माधव नेपाल

धनुषा: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन्।

धनुषाको विदेह नगरपालिकास्थित तिकौरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष नेपालले विवाद समाधानका लागि पहल भएको बताए। न्यायपालिकाको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न आवश्यक रहेको उनको भनाइ थियो।रासस 

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले न्यायालयको विवाद चाँडो समाधान नहुँदा बाहिर नकारात्मक सन्देश गएको बताए। वार्ता र संवादकै माध्यमबाट न्यायपालिकाको विवाद समाधान हुने उनको भनाइ थियो।

ताजा समाचार