Sunday, December 5, 2021
गृहपृठअन्यलैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान गाेदावरीले भाेलि भव्यता साथ मनाउँदै, त्यस...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान गाेदावरीले भाेलि भव्यता साथ मनाउँदै, त्यस बिषय आज सराेकारवालाहरुसँग छलफल

अत्तरिया ,कैलालीको गाेदावरी नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारी सबै वडाहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

“हिजाे सराेकारवालासँग बसेकाे बैठकबाट प्रत्येक वडाहरुमा कार्यक्रम संचालन हुने महिला बालबालिका शाखा प्रमुख गाेदावरी खत्रीले बताईकी थिईन् । यही मङ्सिर ९ गतेदेखि २४ गतेसम्म संचालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा मंगलबार अत्तरियामा रहेको पतलजलि याेग सभाहलमा आयोजित लैङ्गिक मूल प्रवाहीकरण कार्यक्रम गरी प्रत्येक  वडाहरुमा रहेका बिधालयहरुमा पनि गरिने समेत उनले बताएकी थिईन् । नगरपालिकामा हिजाे बसेकाे सराेकारवालाहरुकाे बैठकले समन्वयमा बारैवटै वडाका केही वडाहरूमा जनचेतनामूलक कार्यक्रम गरिने समेत उनले बताएकि थिईन्  ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्धघाटन कार्यक्रममा गाेदावरी नगरपालिकाका जनप्रतिनिधि, स्थानीय संघसंस्थाहरूको संलग्नतामा औपचारिक रुपमा समउद्धघाटन गरिने निर्णय गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख गाेदावरी खत्रीले बताउनु भयो । बैठकमा सम्बोधन गर्दै गाेदावरी नगरपालिकाका उप-प्रमुख रत्ना कडायतले लैङ्गिक हिंसा अन्त्य गर्न सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिँदै अब महिला हिंसा अन्त्य गर्न आ-आफ्नो घर वा टाेल टाेलबाट सुरु गर्नुपर्ने धारणा राख्नुभएकाे थिईन् ।

ताजा समाचार