Monday, December 6, 2021
गृहपृठअन्यडोटी काँग्रेसको सभापतिमा सिंह विजयी

डोटी काँग्रेसको सभापतिमा सिंह विजयी

धनगढी : नेपाली कांग्रेसको डोटी जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन्। आज भएको दोस्रो चरणमा चुनावमा सिंहले भूमिराज बडूलाई पराजित गर्दै सिंह सभापतिमा विजयी भएका हुन्।

दोश्रो चरणको मतदानमा ९ सय ८७ मत खसेको निर्वाचन कमिटीले जनाएको छ । सिंहले ५६८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी बडूले ३९७ मत ल्याए।

पहिलो चरणमा सिंहले ३६८, बडुले ३४२, प्रदिप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए। ५ प्रतिस्पर्धीमध्ये ५० प्रतिशत मत कसैको नपुगेपछि दोस्रो चरणमा निर्वाचन भएको थियो ।

ताजा समाचार