Sunday, December 5, 2021
गृहपृठअन्यकैलालीको अत्तरियामा महिला हिंसा सम्बन्धीको १६ दिने अभियान सुरु

कैलालीको अत्तरियामा महिला हिंसा सम्बन्धीको १६ दिने अभियान सुरु

अत्तरिया – कैलालीको अत्तरियामा महिला हिंसा सम्बन्धी १६ दिने अभियान सुरु भएको छ ।

‘घरबाटै सुरु गरौ, महिला हिंसा अन्त्य गरौ’ भन्ने मुल नाराका साथ गोदावरी नगरपालिकाले अभियानको सुरुवात गरेको हो । बिहिबार एक औपचारीक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकाश मन्त्री दिर्घ सोडारीले अभियानको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मन्त्री सोडारीले महिलाहरुले राज्यका विभिन्न निकायमा अगुवाई गरिसकेका बताए । उनले संविधानले पनि महिलाहरुलाई राजनितिक क्षेत्रका साथै अन्य विभिन्न क्षेत्रमा स्थान दिएको बताए ।

उनले स्थानिय क्षेत्रमा महिला हिंसा सम्बन्धीका धेरै घटनाहरु भएको र त्यसको न्युनिकरणका लागी तथा अपराधीलाई कानुनी कारबाहीका लागी राज्यका निकायहरु तयार रहनुपर्ने बताए । महिलाहरुलाई समाजका विभिन्न क्षेत्रमा अगाडी बढाउन अभियानले सहयोग पु-याउने आफुले विश्वास लिएको उनले बताए ।

यसैगरी कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले नगरपालिकाले महिला हिंसा सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनका लागी बजेट छुट्याएको बताईन ।

महिला हिंसा विभिन्न पराम्परागत प्रथाहरुले पनि हुने गरेकाले नगरपालिकाले निति मै राखेर त्यस्ता प्रथाको अन्त्यका लागी कार्यक्रम आयोजना गर्ने गरेको उनले बताईन । उनले नगरपालिका भित्रका ५४ वटा विद्यालयका शिक्षक/शिक्षिका, सहकारी संस्था, समाजसेवी सबैलाई समेटेर अभियानको सुरुवात गरेको बताईन ।

अभियानमा सहभागी भएका सम्पुर्णले आफ्नो संस्थाका अन्य व्यक्तिहरुलाई पनि अभियानको बारेमा जानकारी दिने तथा महिला हिंसाको अन्त्यका लागी आवाज उठाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरिन ।

अभियानमार्फत हिंसा पिडित महिलाले न्यायका लागी कता जाने, के गर्ने लगायतका बारेमा समेत जानकारी पाएको उनले बताईन ।
पालिकामा रहेको न्यायिक समितिमा पनि महिला हिंसासम्बन्धीका घटनाहरु आउने गरेको उनले बताईन ।

add padma hospital

‘न्यायीक समिति सुरुवात हुँदा धेरै घटनाहरु भएपनि लुकेर बसेका हुन्थे बाहिर आउदैनथे’ उनले भनीन ‘तर अहिले थुप्रै ठाउँमा हामीलाई परेको समस्याका बारेमा बोल्नुपर्छ र न्यायीक समितिलाई जानकारी गराउनुपर्छ, समाधानको बाटो हामीले देख्छौ भनेर उहाँहरु आउनुहून्छ, त्यसले गर्दा विगत र अहिलेको अवस्थामा घटनाहरु कम भएको देखिन्छ भने कतिपयको हकमा स्थिति समान देखिन्छ ।’

उनले अझै पनि स्थानिय सरकारले न्यायीक समिति मार्फत हिंसामा परेका पिडित महिलाहरुलाई न्याय दिने बताईन ।

कार्यक्रममा महिला हिंसा न्युनिकरणका लागी काम गर्ने विभिन्न क्षेत्रका ८ जना महिला तथा पुरुषलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा महिला स्वयमसेविका देवी ओझा, गणेश आधारभुत विद्यालयकी शिक्षिका बेलु बोहरा, दिदी बहिनि कृषक महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष दुर्गा शाह, टिभी टुडे टेलिभिजनकी पत्रकार करिष्मा सिँह, जिवनज्योती महिला विकाश बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सुमित्रा सोप, साना किसान कृषि सहकारी संस्था गेटाकी अध्यक्ष भगवती पाठक, समाजसेवी सावित्रा घिमिरे र लिला बास्कोटा रहेका छन ।

प्रहरीको तथ्यांक अनुसार ईलाका प्रहरी कार्यालय मालाखेतीमा चालु आर्थिक वर्षको ५ महिनामा ३९ वटा लैंगिक हिंसा सम्बन्धी र ७० वटा घरेलु हिंसा सम्बन्धी ठाडो उजुरीहरु परेका छन । कार्यालयका ईन्स्पेक्टर उमेश चन्दले उक्त अवधीमा महिला संग सम्बन्धीत ५१ वटा मुद्धाहरु कार्यालयमा दर्ता भएको बताए । जसमध्ये ८ वटा बहुविवाह, १५ वटा जबरजस्तीकरणी, १७ वटा जबरजस्तीकरणी उद्योग, ६ वटा आत्महत्या र ५ वटा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्धाहरु रहेको उनले बताए ।

कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, विद्यालयका शिक्षक/शिक्षिका, संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नगरपालिकाको महिला शाखा प्रमुख गोदावरी धामीले अभियानको बारेमा जानकारी दिनुका साथै १६ दिनसम्मको कार्यपत्र प्रस्तुत गरेकी थिईन । कार्यपालिका सदस्य ईश्वरा आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महिला विकाश निरिक्षक प्रेमा वडुले गरेकी थिईन ।

२५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसदेखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मको १६ दिनलाई १६ दिवसीय अभियानको रुपमा विश्वभर मनाउने गरिएको छ ।

महिलाहरू बलात्कार, घरेलु हिंसा र अन्य प्रकारका हिंसाको सिकार हुन्छन् भन्ने तथ्यबारे सचेतना फैलाउने उद्देश्यका साथ यस दिन विश्वभर यो दिवस मनाइने गरिन्छ ।

७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्रसंघको महासभाले यस दिवसको प्रस्तावलाई पारित गर्दै २५ नोभेम्बरलाई आधिकारिक रूपमा महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा स्थापित गरेको थियो ।

त्यसयता हरेक वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँदै आइएको छ ।

ताजा समाचार