२०७८ माघ ११
गृहपृठअन्यनेकपा एसले बैतडीमा संगठन विस्तार अभियानलाई निरन्तरता

नेकपा एसले बैतडीमा संगठन विस्तार अभियानलाई निरन्तरता

बैतडी : नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।

जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म पाँच स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का बैतडी अध्यक्ष महादेव भट्टले जानकारी दिए।

हालसम्म दोगडाकेदार, सुर्नया गाउँपालिका, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको जनाएको छ।

दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१, मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो।

गठन गरिएका सबै पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मंसिर महिनाभित्र नेतृत्व चयन गरिने नेकपा एकीकृत समाजवादी बैतडीले जनाएको छ।

एमालेसँग विभाजन भएपछि सो पार्टीले संगठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ। तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबै तहमा कमिटी गठन गरिने जनाइएको छ।

मंसिरमा सबै पालिकामा संगठन विस्तार गरिने र त्यसपछि संगठन सुदृढीकरण अघि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष दिनेश ठगुन्नाले बताए।

एमाले रहँदा यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो। महादेव भट्ट अध्यक्ष रहेको १५१ सदस्यीय उक्त समानान्तर कमिटी समाजवादीमा समाहित भएको हो।

Kamdhenu Post Online TV
Video thumbnail
पत्रकारिताका माध्यामबाट विपन्न, गरिवहरुको आवाज बुलन्द हुन्छ : नगर-प्रमुख साउद
08:33
Video thumbnail
अहिलेको सरकारको काम प्रेस जगतलाई पनि मन परेको छैन, त्यसैले होला लेख्न बोल्न छोडे : एमाले सचिब भट्ट
04:58
Video thumbnail
यस नानीकाे नित्यले सबै दर्शकलाई चकित पर्याे ।,
03:59
Video thumbnail
सभामुख पार्टीको विशेष दूतजस्तो भए : एमाले सचिव भट्ट
08:05
Video thumbnail
सिवाईसी क्लबले साईकल यात्रुलाई अत्तरियामा गर्याे स्वागत
01:30
Video thumbnail
३० अौ अन्तर्राष्ट्रिय अपांग दिवसमा दिए नगर प्रमुखले शुभकामना
05:06
Video thumbnail
आज हाम्रो एजेन्डा कारण याे देशमा महिला पनि राष्ट्रपति भनेका छन् : माओवादी जिल्ला अध्यक्ष क्रान्ति
18:25
Video thumbnail
ती बुढा रुखमा पनि ऐजारु पलाउदैँ छ, धेरै दिन टिक्दैँ : माओवादी केन्द्रका प्रदेश ईन्चार्ज भट्ट
25:51
Video thumbnail
गलत समाचार लेख्ने पत्रकारले संचिन्न जरुरी छ : अध्यक्ष माल
12:09
Video thumbnail
केपि ओलीकाे अहङकारका कारण आज देशमा कम्युनिष्टहरु छिन भिन भएका छन् : नेकपा एसका नेता धामी
05:53

ताजा समाचार