२०७८ माघ ११
गृहपृठअन्यझुलाघाट नाकामा कडाइ, भारतले खोप नलगाएकालाई प्रवेशमा रोक लगायो

झुलाघाट नाकामा कडाइ, भारतले खोप नलगाएकालाई प्रवेशमा रोक लगायो

 बैतडी – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ।

बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।“भारतको पिथौरागढ जिल्लाले लिखित रूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ।” देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ।

उनले भने, “कोरोनाको दुवै मात्रा खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ।”भारत जाने नेपाली नागरिकले अनिवार्यरूपमा १५ दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान प्रशासनले अनुरोध गरेको छ। खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ। यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा सात दिन क्वारेन्टिन बस्नुपर्ने सूचना अधिकारी भारतीले जानकारी दिए।

झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो। सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ। जिल्लामा हाल दुई जनामात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ। रासस 

Kamdhenu Post Online TV
Video thumbnail
पत्रकारिताका माध्यामबाट विपन्न, गरिवहरुको आवाज बुलन्द हुन्छ : नगर-प्रमुख साउद
08:33
Video thumbnail
अहिलेको सरकारको काम प्रेस जगतलाई पनि मन परेको छैन, त्यसैले होला लेख्न बोल्न छोडे : एमाले सचिब भट्ट
04:58
Video thumbnail
यस नानीकाे नित्यले सबै दर्शकलाई चकित पर्याे ।,
03:59
Video thumbnail
सभामुख पार्टीको विशेष दूतजस्तो भए : एमाले सचिव भट्ट
08:05
Video thumbnail
सिवाईसी क्लबले साईकल यात्रुलाई अत्तरियामा गर्याे स्वागत
01:30
Video thumbnail
३० अौ अन्तर्राष्ट्रिय अपांग दिवसमा दिए नगर प्रमुखले शुभकामना
05:06
Video thumbnail
आज हाम्रो एजेन्डा कारण याे देशमा महिला पनि राष्ट्रपति भनेका छन् : माओवादी जिल्ला अध्यक्ष क्रान्ति
18:25
Video thumbnail
ती बुढा रुखमा पनि ऐजारु पलाउदैँ छ, धेरै दिन टिक्दैँ : माओवादी केन्द्रका प्रदेश ईन्चार्ज भट्ट
25:51
Video thumbnail
गलत समाचार लेख्ने पत्रकारले संचिन्न जरुरी छ : अध्यक्ष माल
12:09
Video thumbnail
केपि ओलीकाे अहङकारका कारण आज देशमा कम्युनिष्टहरु छिन भिन भएका छन् : नेकपा एसका नेता धामी
05:53

ताजा समाचार