२०७८ माघ ११
गृहपृठअन्यपछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

काठमाडौं , पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४३६ जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ भने ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ जना रहेका छन् । जसमध्ये ६ हजार १६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १०७ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७ जना कोरोना संक्रमित थपिएका छन् ।

Kamdhenu Post Online TV
Video thumbnail
पत्रकारिताका माध्यामबाट विपन्न, गरिवहरुको आवाज बुलन्द हुन्छ : नगर-प्रमुख साउद
08:33
Video thumbnail
अहिलेको सरकारको काम प्रेस जगतलाई पनि मन परेको छैन, त्यसैले होला लेख्न बोल्न छोडे : एमाले सचिब भट्ट
04:58
Video thumbnail
यस नानीकाे नित्यले सबै दर्शकलाई चकित पर्याे ।,
03:59
Video thumbnail
सभामुख पार्टीको विशेष दूतजस्तो भए : एमाले सचिव भट्ट
08:05
Video thumbnail
सिवाईसी क्लबले साईकल यात्रुलाई अत्तरियामा गर्याे स्वागत
01:30
Video thumbnail
३० अौ अन्तर्राष्ट्रिय अपांग दिवसमा दिए नगर प्रमुखले शुभकामना
05:06
Video thumbnail
आज हाम्रो एजेन्डा कारण याे देशमा महिला पनि राष्ट्रपति भनेका छन् : माओवादी जिल्ला अध्यक्ष क्रान्ति
18:25
Video thumbnail
ती बुढा रुखमा पनि ऐजारु पलाउदैँ छ, धेरै दिन टिक्दैँ : माओवादी केन्द्रका प्रदेश ईन्चार्ज भट्ट
25:51
Video thumbnail
गलत समाचार लेख्ने पत्रकारले संचिन्न जरुरी छ : अध्यक्ष माल
12:09
Video thumbnail
केपि ओलीकाे अहङकारका कारण आज देशमा कम्युनिष्टहरु छिन भिन भएका छन् : नेकपा एसका नेता धामी
05:53

ताजा समाचार