२०७८ माघ ११
गृहपृठअन्यबझाङमा प्रहरी हिरासतमै आत्महत्या प्रयास

बझाङमा प्रहरी हिरासतमै आत्महत्या प्रयास

धनगढीः बझाङमा चरेशसहित पक्राउ परेकी एक महिलाले प्रहरी हिरासतमै आत्महत्याको प्रयास गरेकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–३ बाट मंसिर १४ गते २८ किलो चरेशसहित पक्राउ परेकी ३४ वर्षीया कल्पना रोकायाले आइतबार जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

२८ किलो चरेशसहित उनी पक्राउ परेकी थिइन्। दिउँसो करिब १२ बजेतिर आत्महत्याको प्रयास गरेको बताइएको छ। हिरासतको शौचालयमा आत्महत्याको प्रयास गरेको तर, प्रहरीले उनको उद्दार गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए।

शौचालय गर्न गएका बेला झुण्डिएर आत्महत्याको प्रयास गरेको महिला प्रहरीले थाहा पाएपछि रोकायाको घाइते अवस्थामा उद्दार गरिएको थियो। अहिले जिल्ला अस्पतालमा उपचाररत उनको अवस्था सुधार भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।

Kamdhenu Post Online TV
Video thumbnail
पत्रकारिताका माध्यामबाट विपन्न, गरिवहरुको आवाज बुलन्द हुन्छ : नगर-प्रमुख साउद
08:33
Video thumbnail
अहिलेको सरकारको काम प्रेस जगतलाई पनि मन परेको छैन, त्यसैले होला लेख्न बोल्न छोडे : एमाले सचिब भट्ट
04:58
Video thumbnail
यस नानीकाे नित्यले सबै दर्शकलाई चकित पर्याे ।,
03:59
Video thumbnail
सभामुख पार्टीको विशेष दूतजस्तो भए : एमाले सचिव भट्ट
08:05
Video thumbnail
सिवाईसी क्लबले साईकल यात्रुलाई अत्तरियामा गर्याे स्वागत
01:30
Video thumbnail
३० अौ अन्तर्राष्ट्रिय अपांग दिवसमा दिए नगर प्रमुखले शुभकामना
05:06
Video thumbnail
आज हाम्रो एजेन्डा कारण याे देशमा महिला पनि राष्ट्रपति भनेका छन् : माओवादी जिल्ला अध्यक्ष क्रान्ति
18:25
Video thumbnail
ती बुढा रुखमा पनि ऐजारु पलाउदैँ छ, धेरै दिन टिक्दैँ : माओवादी केन्द्रका प्रदेश ईन्चार्ज भट्ट
25:51
Video thumbnail
गलत समाचार लेख्ने पत्रकारले संचिन्न जरुरी छ : अध्यक्ष माल
12:09
Video thumbnail
केपि ओलीकाे अहङकारका कारण आज देशमा कम्युनिष्टहरु छिन भिन भएका छन् : नेकपा एसका नेता धामी
05:53

ताजा समाचार